३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सुर्खेतको एनसेल टावर नजिक शंकास्पद बस्तु फेला



सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा चोक नजिकै शंकास्पद बस्तु फेला परेको छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको पीपीरा चोकमा रहेको एनसेल टावरको तल बम हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधवार विहानै घर बनाउने कामदारले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्तका अनुसार शंकास्पद बस्तुमा तार जोडिएको छ। नेपाली सेनाको डिस्पोजल टोलीले घटनास्थलमा पुगिसकेको र त्यसलाई निष्कृय पार्ने तयारी गरेको पन्तले जानकारी दिए।

प्रकाशित मिति : १६ पुस २०७६ बुधबार ००:००  १२ : २९ बजे