मायादेवी अनलाइन, कपिलवस्तु । देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी एकैदिन आठजनाको मृत्यु भएको छ। कपिलवस्तु, ललितपुर, चितवन, काभ्रे, रुपन्देही, सर्लाही र नवलपरासी (पश्चिम) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो। कपिलवस्तुः कृष्णनगर नगरपालिका(१ मडाहास्थित सडकमा कृष्णनगरबाट गणेशपुरतर्फ जाँदै गरेको लु।१ ह ३०५० नम्बरको अटो रिक्शाबाट खसेर गम्भीर घाइते…