३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

ठगी आरोपमा २ जना पक्राउ



काठमाडौं ।
अनलाइनबाट ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका २२ वर्षीय अमिर थापा र भक्तपुरका २४ वर्षीय अमन अवाल रहेका छन्। उनीहरुलाई अनलाइनबाट ठगी गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए। उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएपमा भारतीय मोबाइल नम्बर प्रयोग गर्दै आईफोन, ल्यापटप, क्यामरा, घडी, श्रृंगारका सामानहरु सस्तो मुल्यमा पठाई दिने विज्ञापन गरी उपभोक्ताहरुसँग ठगी गरिरहेका थिए। ठगी गरिरहेको सूचनाको आधारमा अनुसन्धान गर्दा एक महिनाको अवधिभरमा ८ लाख भन्दा बढी रकम ठगी गरेको खुल्न आएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७६ मंगलबार ००:००  १ : ४० बजे