५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

छतबाट खसेर बैंक कर्मचारीको मृत्यु

धनगढी । लम्कीचुहा नगरपालिका–१ मा रहेको राष्ट्रिय वाणिज्य बैंकको दोस्रो तलाबाट खसेर बैंकका कर्मचारीको मृत्यु भएको छ। बैंक कार्यालय सहयोगी दयाकृष्ण पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४६ वर्षीय पन्त दोस्रो तलाबाट खसेपछि अचेत भएका थिए। टाउको र छातीमा चोट लागेका उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला…