सप्तरी । पटाका पड्काउने क्रममा सप्तरीको राजविराजमा मंगलबार आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । मंगलबार बेलुका ७ बजे राजविराज नगरपालिका–८ मा रहेको हिमालय टोलमा स्थानीय शिवेश सिंंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीय शोरभ यादवले जानकारी दिनुभयो । आगलागीबाट एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएका छन् ।…