२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

छतबाट खसेर बैंक कर्मचारीको मृत्यु



धनगढी ।

लम्कीचुहा नगरपालिका–१ मा रहेको राष्ट्रिय वाणिज्य बैंकको दोस्रो तलाबाट खसेर बैंकका कर्मचारीको मृत्यु भएको छ। बैंक कार्यालय सहयोगी दयाकृष्ण पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४६ वर्षीय पन्त दोस्रो तलाबाट खसेपछि अचेत भएका थिए। टाउको र छातीमा चोट लागेका उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेत जानकारी दिए। पन्तले मादक पदार्थ सेवन गरेको प्रहरीले बताएको छ। ‘उहाँले मादक पदार्थ सेवन गर्नुभएको थियो। दोस्रो तला उक्लने क्रममा खसेको देखिन्छ,’ प्रहरी प्रवक्ता बस्नेतले भने, ‘उपचारको क्रममा उहाँको ज्यान गएको हो।’ सोमबार राति पौने १० बजे छतबाट खसेका पन्तको उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको प्रहरी प्रवक्ता बस्नेतले बताए।

प्रकाशित मिति : ३ मंसिर २०७६ मंगलबार ००:००  १ : ०८ बजे