५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

जनकपुरको पोखरीमा युवकको शव भेटियो

धनुषा । जनकपुर उपमहानगरपालिका–८ को रत्नसागर पोखरीमा एक युवकको शव भेटिएको छ । रत्नसागर पोखरीमा बिहीबार दिउँसो ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बस्ने ३० वर्षीय राजकुमार राउतको शव भेटिएको हो । स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई निकालेर पोस्टमर्टमको लागि जनकपुर अञ्चल अस्पताल लगेको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला…