८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

घटस्थापनाका दिन गण्डकी प्रदेशमा बिदा



काठमाडौं ।
दसैँको घटस्थापनाका दिन असोज १२ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्य सचिव हरिप्रसाद बस्यालले बताए। घटस्थापनाको दिनमा यस अघि नेपाल सरकारले सार्वजनिक बिदा दिँदै आएको थियो । नेपालीहरुको महान पर्वको अवसरमा केही संघ संस्थाहरुले घटस्थापनाका दिन सार्वजनिक बिदा दिन माग गरेका थिए। त्यही अनुसार प्रदेश सरकारले घटस्थापनामा सार्वजनिक बिदाको निर्णय लिएको हो।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  २ : २७ बजे