४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

कतारमा संविधान दिवस मनाइयो



दोहा ।
कतारस्थित नेपाली राजदूतावासको आयोजनामा संविधान दिवस मनाइएको छ। राजदूतावासको आयोजनामा कतारमा रहेका विभिन्न सामाजिक संघ–संस्था, पत्रकार, व्यवसायीलगायतको सहभागितामा संविधान मनाइएको हो। कार्यक्रममा कार्यबाहक राजदूत लक्ष्मण खनालले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश वाचन गरेका थिए। उनले रोजगारीको प्रमुख गन्तव्य रहेको कतारमा पछिल्लो समयमा रोजगारी व्यवस्थित बन्दै गएको र आगामी दिनहरुमा अझ थप व्यवस्थित गरिने आश्वासन दिए। नेपालबाट कतारमा भएको राष्ट्रपति तथा अन्य विशिष्ठ व्यक्तित्वहरुको भ्रमण एवं कतार सरकारले काठमाडौंमा स्थापना गरेको भिसा सेन्टरले रोजगारीलाई थप व्यवस्थित बनाएको कार्यवाहक राजदूत खनालले बताए। नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको अभियान तथा भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति : ४ आश्विन २०७६ शनिबार ००:००  ८ : २६ बजे