झापा । बन्दको अवज्ञा गरेको भन्दै झापामा यात्रुबहाक बसमा तोडफोड भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–१० स्थित बुट्टबारीनजिकै शनिवार बिहान बस तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २७९५ नम्बरको सूर्योदय यातायातको बस तोडफोड भएको हो । तीन वटा…