चितवन । त्रिशूली नदीमा ट्रक खस्दा बेपत्ता भएका सहचालकको शव करिब पाँच घण्टापछि फेला परेको छ । मृत्यु हुनेमा दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । भैरहवाबाट काठमाडौंतर्फ गइरहेको ना ४ ख १७९६ नम्बरको ट्रक पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका–५ मुग्लिन…