२५ माघ २०८२, आइतबार | Mon Feb 9 2026

गर्भवती महिलामाथि बलात्कार प्रयास, युवक पक्राउ

काठमाडौं । डोटीमा गर्भवती महिलामाथि जबर्जस्ती करणी गर्न खोज्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीले महिलालाई करणी गर्न खोज्ने डोटी पूर्विचौकी गाउँपालिकाका ४० वर्षीय जय कोलीलाई आइतबार पक्राउ गरेको जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।