चितवन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। नियन्त्रणमा लिइएकामाथि अनुसन्धान सुरु गरिएकोले चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए। ’बम पड्किएको इलाका वरपर रातको समयमा सर्च गर्दा केही शंकाष्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छौं’, उनले भने, ’नियन्त्रणमा लिएका ६ जनामाथि…