२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

चन्द्रपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

रौतहट, पुस १३ । रौतहटमा ट्रकको ठक्करबाट साइकलयात्रीको ज्यान गएको छ । चन्द्रपुर नगरपालिका–४ मा ना २ ख ८०२६ नम्बरको ट्रकको ठक्करबाट बुधबार बेलुका साइकल यात्री स्थानीय ५८ वर्षका दसैँ चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । चौधरीको उपचारको क्रममा राति ज्यान गएको हो ।