बेनी, म्याग्दी, ३० असोज । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको जानकारीअनुसार मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान ५ बजे करिब ५ सेकेन्ड जमिन…