८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

युएईले दियो विदेशी नागरिकलाई आममाफीको समय, सम्पर्कमा आउन दूतावासको आग्रह



युएई ।
युएईले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । आममाफी आजदेखि सुरु भएको छ । अगष्ट १ देखि अक्टोबर ३१ सम्ममा युएईले दिएको यस अवसरमा अवैधानिक रुपमा युएईमा बसिरहेका अरु विदेशी नागरिक सहित नेपालीले पनि फाइदा लिन सक्नेछन् ।

अवैधानिक रुपमा रहेका नेपालीलाई आममाफीमा सहभागी हुन नेपाली दूतावास युएईले अनुरोध गरेको छ । दूतावासले युएईमा अवैधानिक रुपमा रहेका सबै नेपालीलाई आममाफीको प्रक्रियामा सहभागी हुन जतिसक्दो चाँडो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको हो।
भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउनेछन् ।
आफूलाई पाएक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने दूतावासले जनाएको छ । यात्रा अनुमती पत्र पाएको एक हप्ताभित्र युएई छाडिसक्नुपर्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७५ बुधबार ००:००  १० : ५० बजे