रसुवा, पुस १२ । रसुवामा दुई वर्षभित्रमा एकसय ६८ मेगावाट बिजुली उत्पादन हुने भएको छ । जिल्लामा निर्माणाधिन ८ ओटा जलविद्युत आयोजनामध्ये दुई वर्षभित्र तीनओटा आयोजना सम्पन्न भएर एकसय ६८ मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको छ । अहिले निर्माण भैरहेकामध्ये १ सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत आयोजना, १४।८ मेगावटको साञ्जेन माथिल्लो…