१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

यूएईमा सैनामैना सेवा समाजको तीज धमाका : २२ दिन बाँकी, प्रवासी समाजमा नयाँ प्रभाव



गिता अर्याल।

यूएईमा सैनामैना सेवा समाजको तीज धमाका २०२५ को विशेष प्रस्तुती अब २२ दिन मात्र बाँकी छ । यूएईमा सक्रिय सैनामैना सेवा समाजले यही आउँदो अगस्ट ३ मा आयोजना गर्न लागेको तीज धमाका २०२५’ एक सांस्कृतिक कार्यक्रम मात्र नभएर सामाजिक उत्तरदायित्व, प्रवासी एकता र नेपाली पहिचानको सशक्त अभिव्यक्ति र प्रस्तुती रहने छ। सोही कार्यक्रम सफल बनाउन यतिबेला आयोजहरू तिब्र रूपमा तयारीमा लागेका छन् ।

गरिब तथा जेहेन्दार विद्यार्थी काेष’

सामान्यतया प्रवासमा हुने तीज कार्यक्रमहरू मनोरञ्जन केन्द्रित हुने गर्दछन्। तर, सैनामैना सेवा समाजको यो कार्यक्रम विशिष्ट र उदाहरणीय मानिन्छ, किनकि यसले ‘गरिब तथा जेहेन्दार विद्यार्थीहरू’ का लागि अक्षयकोष निर्माण गर्ने लक्ष्य लिएको छ। सामाजिक सेवाको यस्तो संयोजनले तीजलाई सांस्कृतिक पर्वको सीमाबाट बाहिर निकालेर उत्तरदायी सामाजिक अभियानको रुपमा स्थापित गर्न खोजेको देखिन्छ।

तीज धमाका २०२५ को बृहत र बहुआयामिक उद्देश्य रहेको छ । कार्यक्रमको मूल उद्देश्य नेपाली कला, संस्कृति र चाडपर्वको प्रवर्द्धन त हो नै, तर त्यससंगै यो एक कल्याणकारी अभियान पनि हो। अध्यक्ष विष्णु प्रसाद पन्थीका अनुसार, “तीजको नाममा मात्र रमाइलो होइन, समाजका लागि केही योगदान दिने सोचसाथ हामी अगाडि बढेका छौं।”

कार्यक्रमबाट संकलन हुने कोषले शैक्षिक रूपमा पछि परिरहेका बालबालिकालाई सहयोग पुर्‍याउनेछ, जसले सामाजिक रुपान्तरणमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्छ।

नेतृत्व, सहकार्य र सहभागिता

सैनामैना सेवा समाजका पदाधिकारीहरू, संरक्षक तथा सल्लाहकारहरू सबै आ–आफ्नो ठाउँबाट कार्यक्रम सफल बनाउन सक्रिय छन्। वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले दिएको जानकारीअनुसार, विगत भन्दा अझ प्रभावकारी र फरक पहिचान सहित तीज विशेष तयारीमा जुटेको छ, आयोजक टीम । तिज धमाका २०२५ को मुख्य प्रायोजक, सह–प्रायोजक र विभिन्न विधागत साझेदारहरूसँग सहकार्य गरी कार्यक्रमको व्यवस्थापन गरिँदैछ।

सैनामैना सेवा समाजद्वारा आयोजना हुने तीज धमाका २०२५ को टाइटल स्पोन्सर को रूपमा यसपटक पनि ओसम भिनी इन्टरनेशनल रहेको छ। विगत तीन वर्षदेखि तीज विशेष कार्यक्रमको प्रमुख साझेदारको रूपमा निरन्तर रुपमा सहकार्य गर्दै आएको ओसम भिनी इन्टरनेशनलले यसपालि पनि सशक्त साथ दिएको समाजका बरिष्ठ उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार, भट्टराई स्वयम् ओसम भिनी इन्टरनेशनलमा आबद्ध भएपछि कार्यक्रमलाई थप व्यवस्थित र भव्य बनाउन सहयोग पुगेको छ। कार्यक्रममा वित्तीय सहयोग मात्र नभई व्यवस्थापन, प्रचारप्रसार र नेटवर्किङको दृष्टिले पनि ओसम भिनी इन्टरनेशनलको भूमिकालाई महत्त्वपूर्ण मानिएको छ।

मिडिया पार्टनरका रूपमा मायादेवी अनलाइन डटकम, साझा टिभी लगायतका सञ्चारमाध्यमहरू जोडिनुले कार्यक्रमको जनसञ्चार प्रभाव थप व्यापक बनाउने देखिन्छ। कार्यक्रमको उद्घोषण सुरेन्द्र परियार ले गर्ने तय भएको छ।

लोकप्रियता र सांस्कृतिक गर्व

कार्यक्रममा राष्ट्रिय कलाकार खुमन अधिकारी र मञ्जु भट्टराईको प्रस्तुति मुख्य आकर्षण हो भने, यूएईस्थित स्थानीय प्रतिभाहरूको सहभागिताले प्रवासी भूमिमा नेपाली सांस्कृतिक चेतना बलियो बनाउनेछ। नेपाली परिकार, लोकनृत्य र परम्परागत तीज भाकाहरूले सांस्कृतिक मूल्य मान्यता बचाउने काम गर्नेछन्।

प्रवासी समाजको सशक्त प्रतिबिम्ब

सैनामैना सेवा समाजले विगत केही वर्षदेखि प्रवासी नेपालीहरूको सहयोगमा सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी गतिविधि गर्दै आएको छ। यसपटकको कार्यक्रमले त्यो अभियानलाई संस्थागत रुप दिन खोजेको छ। ‘विदेशमा पहिचान, समृद्ध सैनामैना हाम्रो अभियान’ भन्ने नाराले समाजले आफ्ना उद्देश्यहरूलाई प्रवासी भूमिमा पनि जीवन्त बनाउने प्रयास गरिरहेको छ। जसले गर्दा विगतदेखिनै मानवीय सहायता, उपचार सहयोग तथा विपन्न बालबालिकाको शैक्षिक उन्नयनकाका सबैको साथ र सहयोग मिलेको बरिस्ठ उपाध्यक्ष भट्टराईले स्पस्ट पार्नुभयो ।

‘तीज धमाका २०२५ केवल रमाइलोको कार्यक्रम होइन, यो एक सन्देश बोकेको अभियान हो – प्रवासमा रहेर पनि समाजको लागि योगदान दिन सकिन्छ भन्ने सशक्त उदाहरण हो। कार्यक्रमले नेपाली समुदायमा सांस्कृतिक गर्व, सामाजिक जिम्मेवारी र एकताको भावनालाई अझ मजबुत पार्ने आशा गरिएको छ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नेपालका चर्चित लोकगायक खुमन अधिकारी र लोकगायिका मञ्जु भट्टराईले सांगीतिक प्रस्तुति दिने संयोजक युवराज भट्टराईले जानकारी दिए। गतवर्ष पहिलो चरणमा तीन सामुदायिक विद्यालयमा एक/एक लाख गरी ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेकाे समाजले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८२ शुक्रबार ००:००  २ : ०६ बजे