काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । काठमाण्डौमा आज भएको पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मणिनाथ गोपले कतिपय प्रतिष्ठानले सरकारले तोकेकोे न्युनतम पारिश्रमिक श्रमिकलाई नदिएको गुनासो आएको बताउनुभयो । सरकारले २०८० साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्युनतम मासिक पारिश्रमिक १७ हजार…