काठमाण्डौ । हिजो बिहान गएको भूकम्पको धक्काले धेरैलाई गोरखा भूकम्पको सम्झना दिलाएको छ । चीनको सिजाङ्ग प्रान्तको दिङ्गे काउन्टी केन्द्रबिन्दु भएर गएको ७ म्याग्निच्युडको भूकम्प नेपालमा काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा महसूस गरिएको थियो । ललितपुरको पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा।वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको,…