४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब संसद्का अध्यक्षलाई सभामुख घिमिरेको पत्र



काठमाण्डौ ।

सभामुख देवराज घिमिरेले प्यालेस्टिनी विद्रोही समूह हमासबाट अपहरित नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब संसद्का अध्यक्षलाई पत्र पठाउनुभएको छ ।

अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै सभामुख घिमिरेले विपीनको सकुशल रिहाइका निम्ति पहल गरिदिन आग्रह गर्नुभएको हो । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले गएको आइतवार सभामुखसँगको भेटमा विपीनको रिहाइका लागि संसदीय कूटनीतिसमेत प्रयोग गर्न सकिने सुझाव दिनुभएको थियो ।

यसैबीच परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जोशीको रिहाइका लागि पहल गर्न इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन संवाद गर्नुभएको छ ।

इजरायल र हमास लडाकू समूहबीच पछिल्लो पटक युद्धविराम भएपछि बन्धकलाई मुक्त गर्ने प्रक्रिया चलिरहेको छ । कञ्चनपुरका विपीनको रिहाइका लागि नेपाल सरकारले गएको वर्षदेखि नै कूटनीतिक प्रयास गर्दै आएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१ शुक्रबार ००:००  ८ : ५३ बजे