काठमाडौं ।
बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई अदालतले सजाय सुनाएको छ ।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना तोकिएको सूचना अधिकृत सुदिप कुमार भट्टराईले जानकारी दिए ।
‘उहाँलाई २ वर्ष ६ महिना कैद र एक लाख जरिवाना सुनाइएको छ,’ उनले भने । त्यस्तै, पीडित बालिकालाई एक लाख ५० हजार क्षतिपूर्तीको पनि सजाय न्यायाधीश दाहालको इजलासले सुनाएको छ ।
राईमाथि नैतिक पतन देखिनेगरी कसूर ठहर भएको भट्टराईले बताए ।
आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नै उनी दोषी ठहर भएका थिए ।
१० माघमा दोषी ठहर भएका राईलाई सजाय निर्धारणका लागि शुक्रबारको पेसी तोकिएको थियो
मदन राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिकाहरूलाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान अघि बढेको थियो ।
प्रहरीले राईलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।
प्रतिक्रिया