१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

च्याम्पियन्स लिगमा पुग्ने ८ टोलीको लाग्यो टुंगो

एजेन्सी ।एट्लेटिको मड्रिड र बोरोसिया डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। योसँगै क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको छ। गएराति एट्लेटिको इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेल समग्रमा २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। एथ्लेटिकोका गोलकिपर जान ओब्लाकले एलेक्सिस सान्चेज र डेभी क्लासेनको पेनाल्टी बचाएका थिए…