मनाङ ।हिमाली जिल्ला मनाङमा सुरूआती हिमपात भएको छ। गत वर्ष यो समयमा हिमपात भएको थिएन। जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरूङले जानकारी दिए। 'विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो। यस वर्ष समयमा नै सुरूआत भएको छ,' अध्यक्ष गुरूङले भने। उनका अनुसार तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेक लगायत…