काठमाडौं ।आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शानदार जित निकालेको छ । गएराति भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले हरायो । न्युजिल्याण्डले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४ ओभर ४ बलमै अलआउट भयो । उसले मात्र १ सय ३९ रन बनाउन सक्यो । अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ३६ रन बनाए ।…