१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगा लाग्यो ठोस परिणाम आउने गरी छाडा चौपाया नियन्त्रणमा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका छाडा पशु चौपाया व्यवस्थापनमा तातेको छ ।

बाणगंगाले ठोस परिणाम देखिने गरी अहिले अभियानकै रुपमा छाडा पशु चौपाया नियन्त्रणमा लागेको हो ।

जसको लागि केही दिन अघि मात्र नगर प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा समिति नै गठन गरेको छ ।

सो अभियान अन्तर्गत सोमबार नगरपालिकाले नगरभित्रका १ सय ४ वटा टोल विकास संस्थाका पदाधिकारीहरूसँग अन्तरक्रिया गरेको छ ।

जहाँ संयोजक पौडेलसहित नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले नगर छाडा पशुचौपया व्यवस्थापन गर्न विस्तृत योजनासहित अभियान नै सञ्चालन गरि लागेको र उक्त अभियानलाई सफल बनाउन टोल विकास समितिका पदाधिकारीहरूको पूर्ण सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

नगरप्रमुख चक्रपाणी अर्यालले बाणगङ्गा नगरवासीलाई अनुभूति हुने गरी छाडा पशुचौपाया व्यवस्थापन गर्ने दिशातर्फ नगर लागेको बताए ।

उनले टोल विकास संस्था आफ्ना टोलहरूमा भएका समस्याहरू समाधान गर्ने महत्वपूर्ण निकाय भएको बताए । टोल विकास संस्था सक्रिय नभएको अवस्थामा सामाजिक कामहरू प्रभावित हुने बताउँदै उनले सक्रियताका साथ विकास निर्माणका काममा वडासँगै सहकार्य गर्न उनले आग्रह गरे ।

उनले चाडपर्वहरू नजिकिएकाले बाहिरबाट आउँनेहरुको मन नै प्रसन्न हुने गरी गाउँघर सरसफाइमा लाग्न अपिल समेत गरे ।

उपप्रमुख रिता कुमारी चौधरीले वाणगङ्गामा उपलब्ध स्रोत साधनको सदुपयोग गरि छाडा पशुचौपया व्यवस्थापन गर्न सकिने बताइन् । उनले यो जिल्लाका हरेक स्थानीय तहको मूल समस्याको रुपमा रहँदै आएको बताइन् ।

प्रकाशित मिति : ३० आश्विन २०८० मंगलबार ००:००  ५ : ४८ बजे