दाङ ।दाङको तुलसीपुर बसपार्कमा महिलाको तिलहरी लुटेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यानबाट आफन्त भेट्न दाङ आएकी निर्मला खत्रीको तिलहरी लुट्दालुट्दै तुलसीपुर उपमहानगरपालिका–१८ का नवीन सुनार पक्राउ परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । निर्मलालाई आफन्तको घरसम्म पुर्याइदिने भन्दै नवीनले मोटरसाइकलमा राखेर केही पर लगेर तिलहरी लुटेका…