एजेन्सी ।रुसले चन्द्रमामा पठाएको अन्तरिक्षयान लुना–२५ दुर्घटनामा परेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पहिलो देश बन्ने लक्ष्यसहित रुसले पठाएको लुना–२५ दुर्घटनामा परेको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मानवरहित यान भोलि सोमवार चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने क्रममा थियो । तर अवतरण गर्नुअघिको कक्षमा समस्या देखिएलगत्तै लुना–२५ सँग सम्पर्क टुटेको रुसी…