पाँचथर ।पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन् । पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार अलैँची प्रतिमन (४० किलो) को ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथरका…