काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले नेपालीलाई बेच्ने धन्दा गर्नेलाई कानुनी कारबाही हुनु पर्ने बताएका छन् । बिहीवार इटहरीको भ्रष्टाचार विरुद्ध रिले अनसनमा बसेका अनसनकारीलाई सम्बोधन गर्दै मन्त्री भुसालले नक्कली भुटानी शरणार्थी मुद्धामा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिए । 'नेपालीलाई नक्कली शरणार्थी बनाएर बेच्ने काम अपराध हो । यो मुद्धामा जोडिएका…