एजेन्सी । फुटबलका स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् । पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो । यसअघि पेलेको अवस्था गम्भीर रहेको उपचारमा खटिएका डाक्टरले बताएका थिए । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए…