काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको अनुगमन गर्नुभएको छ । राहदानी लिन सर्वसाधारण नागरिकले ठूलो सास्ती खेप्नुपरेको समाचार आइरहेका बेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गर्नुभएको हो । यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा मन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गर्नुभएको…