काठमाडौं । सर्लाहीमा भएको छुट्टाछुटै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गएराति हरिपुर नगरपालिका –८ जितपुरमा प्रदेश २–०३–००१ च २३९६ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा साइकलमा सवार हरिपुर –२ का ३५ वर्षीय चक्रेश्वर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा मृत्यु…