१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

चिसोका कारण अस्पतालमा विरामी बढे



सैनामैना ।

बुटवल र आसपासका क्षेत्रमा चिसो बढेपछि यस क्षेत्रका स्थानीयमा रुघाखोकी, निमोनियाको विरामी बढेको छ । ज्यालादारी, मजदुरी गरेर गुजारा गर्ने विपन्न समुदायका मानिस चिसोबाट बढी प्रभावित भएका छन् ।

चिसोका कारण वुटवलको आम्दा अस्पतालमा रुघाखोकीका र निमोनियाका बिरामीको संख्या वृद्धि भएको अस्पतालका कर्मचारीले जनाएका छन् । अस्पतालमा पहिले ४० जना सम्मको ब्लड टेस्ट हुन्थ्यो तर अहिले विरामी बढेपछि दैनिक ७० जनासम्मको चेकजाँच हुन थालेको कर्मचारीहरुको भनाइ छ ।

जाडोमा गरिब, घरवारविहिन, सडक बालबालिका तथा न्यानो लुगा किन्न नसक्ने अशक्तहरुलाई नगरपालिकाले राहत कायक्रम ल्याउने योजना बनाएको छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेका अनुसार गरिव, अशक्त, घरवारविहिनका लागि नगरपालिकाले न्यानो लुगा वितरण गर्ने योजना बनाएको छ ।

चिसोका कारण रुघाखोकी, कोल्ड डायरिया, ब्लड प्रेसर, मुटु रोगजस्ता समस्या बढी देखिने गरेको छ । चिसोमा वृद्धवृद्धा, बालबालिका, असक्त अपाङ्ग, सुत्केरी महिलालाई सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । अहिले न्यानो लुगा लगाउन, तातो सुप र पानी बढी पिउन लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिशियन डा. नन्दु पाठकले आग्रह गर्नुभयो ।

जाडोमा बढी क्लोरिन र प्रोटिन भएका खानेकुरा र तातो झोलिलो खानेकुरा खानुपर्छ उहाँले भन्नुभयो । जाडो मौसममा घाँटी दुख्ने तथा रुखाखोकी, ज्वरो आउने समस्या बढी हुने हुँदा उमालेको मनतातो पानी पिउन डा. पाठकले सुझाव दिनुभयो ।

प्रकाशित मिति : १५ पुस २०७९ शुक्रबार ००:००  ३ : ०९ बजे