२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

नेपाल टी–२० लिगमा लुम्बिनीको लगातार पाँचौँ जित  



काठमाण्डौ ।

नेपाल टी–२० लिग (एनएसएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी अल स्टार्स लगातार पाँचौँ खेलमा विजयी भएको छ । लुम्बिनीले काठमाण्डौ नाइट्सलाई ३५ रनले हराएको हो ।

लुम्बिनीले दिएको एक सय ५१ रनको लक्ष्य पछ्याएको काठमाण्डौले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रनमात्र बनाउन सक्यो । काठमाण्डौका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक ३८ रन बनाए । बलिङतर्फ लुम्बिनीका हरमीत सिंहले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५० रन बनायो । लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरीले ४० र लाहिरु मिलन्थाले २५ रन बनाए । बलिङतर्फ काठमाण्डौका अजमतुल्लाह ओमरजाईले दुई विकेट लिए ।

लगातार पाँच खेल जितेको लुम्बिनी १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । काठमाण्डौ चार अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ पुस २०७९ शुक्रबार ००:००  १ : १४ बजे