रुकुम पूर्व । रुकुम पूर्वको एकै वडाबाट तीन जना सांसदको लागि सिफारिस भएका छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्यका लागि जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० बाट तीन जनाको नाम सिफारिस भएको हो । प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट कुसुमदेवी थापा बुढामगर सिफारिस हुनुभएको छ । उहाँ आदिवासी जनजाति महिलातर्फबाट सिफारिस हुनुभएको हो । त्यसैगरी लुम्बिनी प्रदेश…