१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा

चितवन । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो। जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ। मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ। बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले…