२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

संसदीय दलको नेता सर्वसम्मत देउवा हटे मात्रः उपसभापति गुरुङ



बुटवल ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदीय दलको नेता चयनमा सर्वसम्मतको सम्भावना अझै रहेको बताएका छन्।

उनले पार्टी सभापति सभापति शेरवहादुर देउवा पछि दलको नेतामा सहमती पनि हुन सक्ने उल्लेख गरे।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ काउनको चौथो राष्ट्रिय महाधिवेसनको बुटवलमा उद्घाटन गर्दै गुरुङले दलको नेता चयनको बारेमा छलफल भइरहेको बताए।

‘वर्तमान प्रधानमन्त्री श्रद्धेय सभापतिले नै म चाँही अब थाकें, छोड्दिन्छु ठूलो पार्टी पनि बनाएँ। अब तपाईहरु मिलेर चलाउनुस भन्नु भयो भने त्यहाँ सर्वसम्मत पनि होला,’ उनले भने, ‘सर्वसम्मतको लागि बाटो छेकिएको भन्ने अवस्था छैन।’

उनले संसदीय दलको नेता बारे अहिले चर्चा गर्नु अफ्ठ्यारो विषय भएको बताए।

दलको नेता बन्न चाहानेले बैठकमा आफ्नो एजेण्डा गर्नुपर्ने र एजेण्डासँगै टाउको गन्ने माध्यमले चयन हुने उल्लेख गरे।

अहिलेको चुनावबाट नयाँ पार्टी पनि जन्मिएको भन्दै नयाँलाई गाली गरेर छुट नपाइने गुरुङको प्रतिक्रिया छ।

‘नयाँ पार्टीलाई गाली गर्नुको सट्टा आफैँ बदिलिएर अघि बढ्न सक्नुपर्छ,’ उनले भने।

आइतबार सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ।

६३ जिल्लामा संगठन रहेको काउनको यो महाधिवेशनमा प्रतिनिधि पर्यावेक्षेक गरी ३५० बढी सहभागी रहेको काउनका केन्द्रीय अध्यक्ष जवि गुरुङले जानकारी दिए।

उनले अहिले समग्र श्रम आन्दोलन जटिल अवस्थामा रहेको बताउँदै समान काम समान ज्याला लगायतका मुद्धा पेचिलो बन्दै गएको बताउँदै कार्यान्वयनमा जोड दिए।

प्रकाशित मिति : ३ पुस २०७९ आइतबार ००:००  ९ : ३१ बजे