१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सवारी अनुशासन कारबाहीबाट तीन लाख राजश्व असुल



काठमाण्डौ ।

यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट तीन लाख ५० हजार रुपैयाँ राजश्व उठाएको छ ।

विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार गएको मङ्सिर महिनामा नियम उल्लङ्घन गर्ने चार सय ५६ जनाबाट तीन लाख ४७ हजार उठाएको हो । उहाँका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका चार सय ५६ जना चालक कारबाहीमा परेका छन् ।

यो विभागअन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारबाहीबाट उठेको राजश्व हो । विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, गाडी मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७९ आइतबार ००:००  ८ : ४० बजे