११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

रुपन्देही-२ मा पुनः मतदानको माग गर्दै गणेश पौडेलले गरे सर्वोच्चमा रिट दर्ता

बुटवल । रुपन्देही २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरिएको मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरी रिट निवेदन दायर गरेका हुन् ।