काठमाडौे । प्रतिनिधिसभा सदस्य निर्वाचनमा डोटीमा सबैभन्दा धेरै अर्थात् ९ प्रतिशत मत बदर भएको छ । हिमाली जिल्ला मनाङमा सबैभन्दा कम अर्थात् ०.३९ प्रतिशत मत बदर भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार प्रत्यक्षतर्फ ७.८२ प्रतिशत मत बदर भएको डोटीमा समानुपातिकतर्फ नौ प्रतिशत बदर भएको हो । मनाङमा प्रत्यक्षतर्फ ०.३९ र समानुपातिकतर्फ ०.९५ प्रतिशत बदर भएको…