मायादेवी अनलाइन, बाणगंगा ।नाग पञ्चमीको अवसर पारेर कपिलवस्तुका दुई स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । जिल्लाका दक्षिण–पूर्वमा रहेका मायादेवी र शुद्धोधन गाउँपालिकाले आज सार्वजनिक विदा दिएका हुन् । हिन्दुधर्मालम्वीको महत्वपूर्ण चाड रहकाले आज विदा दिएको यी पालिकाले सूचना जारी गरि जानकारी दिएका छन् । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज…