१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

रुपन्देहीको पिपरहवा माविमा तालाबन्दी, कारण यस्तो ?



भैरहवा ।

रुपन्देहीको रोहिणी गाउँपालिकामा रहेको पिपरहवा माध्यमिक विद्यालयमा स्थानियहरुले ताला लगाएका छन् । बिद्यालयको प्रधानअध्यापकले बिद्यालयमा वितरण हुने छात्रवृत्ति रकम र दिवा खाजा लगायतका रकम अहिलेसम्म नबाडी आफैसँग राखेको आरोपमा प्रधाध्याध्यापकको कार्यकक्षमा स्थानीयले ताला लगाएका हुन् ।

रोहिणी गाउँपालिका वडा नम्बर ५ पिपरहवामा रहेको पिपरहवा माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले आर्थिक वर्ष फेरिदा समेत अहिलेसम्म छात्रवृत्तिको रकम पाएका छैनन् । यस्तै विद्यालयमा दिवा खाजाको लागी आउने रकम मध्ये १० महिनाको रकम पनि विद्यालयले बाडेको छैन ।

माघ महिनामै विद्यालयलाई प्राप्त भएको छात्रवृत्ति रकम र दिवाखाजा बापतको रकम अहिलेसम्म नबाडेको, बिद्यालयले बालबिकास कक्षाको लागी प्राप्त रकम पारदर्शी तरिकाले खर्च नगरेको तथा माध्यमिक तहका शिक्षकलाई मुबारक अलीलाई विद्यालयले मानमर्दन हुने गरि हाजिर गराएको आरोपमा तालाबन्दी गरिएको जिल्ला समन्वय समितिको निर्वतमान उप–प्रमुख समेत रहेका स्थानीय पशुपति यादवले बताए ।

उनले विद्यालयका प्रधानअध्यापक र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले मनोमानी तरिकाले बिद्यालय सञ्चालन गरेको आरोप लगाए । “पजरकट्टी माविका प्रधानअध्यापक समेत रहेका शिक्षक मुबारक अलीलाई मानमर्दन हुने गरि बिद्यालयमा हाजिर गराईएको छ ।” यादवले भने “रोहिणीमा ४ जना मात्र माविका शिक्षक रहेका छन्, अन्य स्थानमा ठाउ खाली हुदा हुदै उनलाई यहा हाजिरी गराउनुले सम्पूर्ण शिक्षकको मनोबल गिराउने काम भएको छ ।”

यादवले यसै बिषयहरुका बारेमा प्रधानअध्यापक मार्फत गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको र यसबारे सुनुवाई नहुदा गत शुक्रबार पनि स्थानियहरुले बिद्यालयमा तालाबन्दी गरेको बताए । गत शुक्रबार गरिएको तालाबन्दी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले प्रशासनको भरमा ताला फोडेको बताउदै उनले अध्यक्ष यादवले भ्रष्टाचारीको बचाउ गरेको आरोप लगाए ।

प्रकाशित मिति : २५ श्रावण २०७९ बुधबार ००:००  ४ : ०३ बजे