बुटवल । नेपालमा राजतन्त्र पुनर्स्थापना हुने सम्भावना समाप्त भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । असम्भव एजेण्डा लिएर जनतालाई गुमराहामा राख्ने, कार्यकर्ताहरुलाई भ्रम र धोकामा राख्ने काम उपयुक्त नहुने भएकाले आफूले राजतन्त्रको एजेण्डा छाडेको बताएका हुन् । बुटवलमा विहीबार राप्रपा नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले असम्भव एजेण्डा…