१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

प्रतिबन्धित करिब चार लाख अवैध भारतीय नगद सहित युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित भारतीय मुद्रासहित नेपाली युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। बिहीबार नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका यात्रु तनहुँको व्यास नगरपालिका १२ का रन्जन पाण्डे ३ लाख ९३ हजार ६५० भारतीय रुपैंयासहित पक्राउ परेका हुन्। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार पाण्डेले लिई आएको ह्याण्ड ब्‍यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड…