४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

डुबानका कारण विराटनगरका १५ सय घर परिवार विस्थापित



विराटनगर ।

मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगरमा सयौँ घर परिवार विस्थापित भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् ।

यस्तै सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा ६ कै ५८ वर्षीय रामबहादुर विक हुन् ।

दाहालले दिएको जानकारी अनुसार सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका कतिपय वस्तिहरु पनि बाढीका कारण कटान र डुबानको समस्यामा परेको बताए ।

जसका कारणले सयौं घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार र राहतको काम अहिले पालिकाहरुले गरिरहेको र जिल्ला प्रशासन कार्यालयले दैवि प्रकोप उद्धार समितिको आकस्मिक बैठक बोलाएको उनले बताए ।
‘हामीले पनि आवश्यक राहत सामाग्री त्रिपाल तथा खाद्यान्नहरूको व्यवस्थापन गरिरहेका छौं,’ दाहालले भने, ‘दिउँसो ३ बजेका लागि जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठक राखिएको छ ।’

प्रकाशित मिति : १४ असार २०७९ मंगलबार ००:००  ३ : २५ बजे