काठमाण्डौ । काठमाण्डौको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । हिजो बेलुका बा ०२ ०३० प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलका चालक मकवानपुरको थाहा नगरपालिका २ का राजु दुतराजको ज्यान गएको हो । घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वटै बसका चालकलाई पक्राउ गरेको छ…