७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुको यशोधरामा निःशुल्क स्त्री तथा महिला रोगको स्वास्थ्य शिविर



कपिलवस्तु ।

कपिलवस्तुको यशोधरा गाउँपालिको आधारभुत अस्पतालमा निःशुल्क स्त्री तथा महिला रोग एवम् चर्म रोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविर भएपछि गाउँपालिकाबासी खुसी भएका छन् । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा शिविर गरिएको हो । यस शिविरमा ५०० सय भन्दा बढी महिला पुरुष गरी चेकजाँच गराएका छन् ।

भारतसंग जोडिएको कपिलवस्तुको दक्षिणी भेगमा रहेको यशोधरा गाउँपालिकामा अहिले पनि शिक्षाको अभाव रहेको कारणले गर्दा समेत रोगको उपचार गराउन जादैनन्। यस शिविरबाट धेरै नै राहत भएको कुरा स्थानीयबासीले बताउँछन् ।

‘हाम्रो गाउँघरमा शिविर संचालन गरेर धेरै राम्रो काम गर्नु भएको छ । किनकि यो शिविरमा निःशुल्क चेकजाँच र औषधी समेत मिलेको छ । अरु ठाउँ चेकजाँच गराउन जादा समय र खर्च धेरै लाग्ने गरेको छ । शिविरबाट म धेरै नै खुसी भएको छु ।’ –स्थानीय रामजीत यादवले भने । यस्तै निःशुल्क चेकजाँच भएको कारणले धेरै नै राम्रो लागेको बताउँदै समय र पैसाको बचत भएको स्थानीयय धुपा यादवले बताइन् ।

यशोधरा गाउँपालिकालाई छनोट गर्नुको मुख्य कारण भनेको यो गाउँपालिका कपिलवस्तुको अरु पालिका भन्दा यो पालिका पछाडि भएको कारणले गर्दा छनोट गरिको छ । यस क्षेत्रमा विरामी भएको मान्छे औषधी नगराउने घरमै बस्ने गर्दछन ।

बोर्डर क्षेत्रलाई प्राथमिकतामा राखेर यो शिविर संचालन गरिएको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका वरिष्ठ कल्याण निरिक्षक अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०७९ शुक्रबार ००:००  ५ : १९ बजे