४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

आर्थिक संकट पार लगाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : गृहमन्त्री खाँण



भैरहवा ।

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा अहिले देखा परको आर्थिक संकटलाई पार लगाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभाको भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाँणले सरकार र निजी क्षेत्रबीच आरोप –प्रत्यारोपभन्दा पनि आर्थिक संकट कसरी पार लगाउने भने विषयमा सहकार्य हुनुपर्ने बताए ।
‘हामी सबै एउटै डुंगामा छौं । यदि डुंगा डुब्न लाग्यो वा डुब्यो भने कोही पनि बँचिनेवाला छैन । सबै डुबिने हो,’ खाँणले भने, ‘अहिलेको आर्थिक संकटलाई पार लगाउन सरकार र निजी क्षेत्रबीच खुल्ला छलफल र आपसी सहकार्यका लागि सार्थक प्रयास जरुरी छ ।’

निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि प्रधानमन्त्री र अर्थमन्त्री पनि सकारात्मक रहेको उनले बताए ।

पहिलेको सरकारकै पालाबाटै आर्थिक समस्या देखा परेको उल्लेख गर्दै उनले आफूहरू जिम्मेवारीबाट नपन्छिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले वित्तीय तरलताका कारण सबैभन्दा जटिल आर्थिक संकट निम्तिएको बताए । सरकारलाई आउँदो वर्ष चालु खर्च धान्नका लागि पनि राजस्व संकलन नहुन सक्ने उनले बताए । वैदेशिक रेमिट्यान्सले मात्र मुलुकलाई धान्न नसक्ने अवस्था आएको उनले बताए ।

प्रकाशित मिति : १० असार २०७९ शुक्रबार ००:००  ५ : ५१ बजे