२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

बलात्कार तथा यौन हिंसामा विद्यमान प्रतिबन्धात्मक हदम्यादलाई हटाउन माग

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले बलात्कार तथा अन्य यौन हिंसाका घटनाका पीडितले न्यायमा पहुँच प्राप्त गर्नका लागि बाधकको रूपमा रहेको विद्यमान प्रतिबन्धात्मक हदम्यादको व्यवस्थालाई तत्काल हटाउनु पर्ने बताएको छ । एम्नेस्टी इन्टरनेसनलले नेपालको बलात्कारसम्बन्धी कानुनलाई सुधार गर्न तथा यौन हिंसाका पीडितहरूलाई छिटो न्याय प्रदान गर्ने व्यवस्थाको माग गर्दै जारी विरोध प्रदर्शनप्रति आफ्नो ऐक्यबद्धता जाहेर गरेको छ…